चितवनको खैरहनीमा थाहाका फोटो प्रदर्शनीमा शुरू भएको छ । नेपाल उद्योेग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म हुने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनी भएकाे हाे ।

थाहानगरका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिएको छ । प्रदर्शनीमा राखिएको फोटोहरू थाहानगरका फोटो पत्रकार गणेश विष्टले खिचेका हुन् ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको पर्यटकीय परिचय दिने उद्देश्यले महोत्सवमा फोटो प्रदर्शनी गरिएको थाहानगर प्रमुख बिष्णु बहादुर विष्टले बताए। यसअघि काठमाडौमा थाहा नगरपालिकोको आयोजनामा तथा फरक सोचको समन्वयमा कार्तिक १९, २० र २१ गते वसन्तपुर डबली काठमाण्डौंमा गरिएको फोटो प्रदर्शनीमा करिब १३ हजारले अवलोकन गरेका थिए । ‘यसअघिका फोटो प्रदर्शनीले आन्तरिक पर्यटकलाई थाहासम्म आउने वातावरण बनाएकोले चितवनमा पनि फोटो प्रदर्शनी गरिएको हो’,– नगर प्रमुख विष्टले भने ।

प्रदर्शनीे थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको समन्वयमा भएको हाे । कार्यक्रमको व्यवस्थापन थाहानगर उद्योग वाणिज्य संघको गरेकाे छ । १० दिनसम्म चल्ने महोत्सवमा करिब १५ हजारले अवलोकन गर्ने पुर्वानुमान रहेको कार्यक्रमका संयोजक तथा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी