मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा कार्यलय रहेको श्री गौतम बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा भएको छ । स.स्थाको साधारणसभा ७ माघमा विकास घरमा भएको हो ।

संस्थाका अध्यक्ष राजेश केसीको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकालको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथी ढकालले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्दै अहिलेको आर्थिक मन्दीबाट सहकारी क्षेत्रमा परेको असर कम गर्न सहकारीको सञ्चालकको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए । उनले बचत तथा ऋण सहकारी अभियानको जन्म एकल होइन सामूहिक सहकार्यको भावनाबाट भएको र आज जस्तै अन्य समयमा पनि हुने र हुन सक्ने बाधा अड्चनको समयमा बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य सुरक्षाका लागि सद्भावपूर्ण सहकार्यको माध्यमबाट अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

साधारणसभामा संस्थाको वार्षिक कारोवार ५ करोड ५६ लाख रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा वडा नम्बर ३ का सदस्य कृष्ण कुमार कार्की, चेतनशील महिला सहकारीका अध्यक्ष शकुन्तला गोपाली लगायतले शुभकामना दियका थिए ।

पालिका प्रेस
थप जानकारी