अध्यक्ष, अन्जल प्रधान

थाहा नगरपालिका वडा नम्बर १ मा कार्यालय रही संचालनमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अन्जल प्रधान निर्विरोध निर्वाचित भएका छन् । १५ औंं वार्षिक साधारणसभाबाट प्रधान पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

झम्केश्वरी माबिको सभाहलमा ७ माघमा सम्पन्न साधारणसभाले प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समितिको चयन गरियको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्रमान प्रधानले जानकारी दिए । नयाँ निर्वाचित संचालक समितिको उपाध्यक्षमा बिष्णुहरी लामिछाने, सचिव धर्मलाल प्रधान, कोषाध्यक्ष राजमान प्रधान र सदस्यहरु सुरेन्द्र प्रधान, कर्मज्ञान अमात्य, प्रवीण प्रधान, कमला श्रेष्ठ तथा गोमा श्रेष्ठ निर्वाचित भएका छन ।

त्यसैगरी लेखा समिती संयोजकमा प्रदिप प्रधान, सदस्यहरु मोहनदाश प्रधान र मनोज लामिछाने रहेका छन । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाइ ७ माघमै पद तथा गोपनियताको सपथ खुवाइ प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी