फाइल फोटो ।

मकवानपुरको थाहानगरबाट काठमाण्डौं जाने आउने छोटो दुरीको चित्लाङ–थानकोट (गणेशमान सिंह मार्ग) सडक स्तरोन्नतीका लागि रातको समयमा आवागमन बन्द हुने भएको छ ।

गणेशमान सिंह मागको चित्लाङ–पानीघाट खण्डमा ग्राभेलिङ, नालालगायतको कामसहित सडक स्तारोन्नती गर्ने भएकोले १५ माघदेखि राती ८ बजेबाट विहान ६ बजेसम्म आवागमन अवरुद्ध हुने थाहा नगरपालिका ९ नम्बर वडा कार्यालयले जनाएको छ ।

सूचनामा भनिएको छ,–‘सडकको स्तरोन्नत्ती लगायतको निर्माण कार्य जारी रहेकोले अर्को सूचना जारी नभएसम्म मिति २०७९ माघ १५ गतेदेखि प्रत्येक दिन राति ८ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द रहने व्यहोरा जानकारीको लागि यो सूचना जारी गरिन्छ ।’

पालिका प्रेस
थप जानकारी