खैरहनी नगरपालिकाको १२ औं नगरसभाबाट वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित भएका छन् । नगरपालिकामा रहेका १३ वटा वडाहरू मध्ये कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट भएकोले नगरप्रमुख शशी कुमार खनियाले वडाध्यक्ष महतोलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

वडाको ३९ वटा योजनाहरू मध्ये २५ वटा योजना सम्पन्न भैसकेको वडाध्यक्ष महतोले जानकारी दिए । वडाको १ करोड ५१ लाख ७९ हजार रुपैयाँ बजेटको करीब ८५ प्रतिशत खर्च रकम भुक्तानी भैसकेको वडाध्यक्ष महतोले बताए । ’बाँकी कामपनि सातादिन भित्रै सम्पन्न हुनेछ उनले भने ।

वडाले भौतिक पूर्वाधार निर्माणको योजनलाई प्राथमिकतामा राखेर कामगर्दै आएको छ । पुलको सल्याप , ढल, बाटो निर्माण लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेर काम गरिएको वडा अध्यक्ष महतोले जानकारी दिए ।

खैरहनी नगरपालिकामा १३ वटा वडाहरु छन् ।

पालिका प्रेस
थप जानकारी