उर्जा तथा सिचाइ राज्यमन्त्री दिपक बहादुर सिंहले थाहानगरको उर्जा र सिंचाइ क्षेत्रमा मन्त्रालयले प्रभावकारी काम गर्ने बताउका छन् । थाहा नगरपालिका कृषि क्षेत्रको लागि प्रख्यात भएकोले कृषि विकासको लागि सिचाइको योजना बोकेर मन्त्रालय आउन आग्रह गर्दै ‘प्राविधिकलाई योजना स्टमेट गर्न लगाएर फाइल म कहाँ पठाउनुस् त्यस्को रेस्पोन्स तुरुन्त हुन्छ’– सिंहले भने । सबै मिलेर काम गर्ने हो भने एक वर्ष योजना हालेपछि अर्को वर्षबाट मकवानपुर जिल्लालाई योजना नै नचाहिने बनाउने बताउँदै बिजुलीका लागि काम कहिँ अड्किएको छ भने भन्नुस् ठाडो आदेशमा अड्कियको काम पूरा गर्ने उनको प्रतिवद्धता थियो । गाउँघरमा १०/२० मिटर तार र १०/१५ वटा पोल, मक्कियको काठका पोल तथा दुई लाईन तार गएको स्थानमा थ्रीफेज लाइन विस्तार गर्ने कामका लागि निर्णय नै गरिसकेको बताउदै सिचाइको लागि चाहिने उर्जाको व्यवस्था गरेरै छाड्ने राज्यमन्त्री सिंहको भनाइ छ ।

आफु मकवानपुरको जनता मन्त्री भएकोले मन्त्रालयले जनताको लागि गर्ने काममा कुनै कन्जुस्याइ नगरी काम गर्ने उनले बताउ । मकवानपुरको थाहा नगरपालिकामा राप्रपा थाहानगरले १६ माघमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राज्य मन्त्री सिंहले यस्तो बताएका हुन् । मन्त्री सिंहले आफू भन्दा पहिलाका माननीय र मन्त्री बनेकाहरु जनतामाझ पटक्कै नआएको स्मरण गराउँदै आफूले त्यस्तो नगर्ने बताउदै त्यस्तो गल्ती आफुबाट नहुने स्पष्ट पारे । आफू राप्रपाको मात्र भोटले माननिय नबनेको भन्दै एक पटक दिपक सिंहलाई हेरौ भन्दै भोट हाल्ने तमाम मतदाताहरुलाई धन्यवाद दिए ।

राप्रपा थाहानगरको अध्यक्ष नवीन रायमाझीको अध्यक्षतामा सम्पन्न बधाई तथा शुभकामना कार्यक्रममा राज्यमन्त्री सिंहसंग थाहानगरको विकासको लागि पहलकामी कदम चाल्न आग्रह गर्दै कृषि र पर्यटन पुर्वाधार विकासमा सहयोग गरिदिन आग्रह भएको थियो ।

कार्यक्रममा राप्रपा बागमती प्रदेश सचिब गुन्जबहादुर न्यौपाने, जिल्ला अध्यक्ष शिवराम थापा, प्रदेश सदस्य नवराज थपलिया, महिला संगठनका जिल्ला अध्यक्ष बालकुमारी डल्लाकोटीलगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो। मन्त्री भएपछिको पहिलो औपचारिक कार्यक्रम गर्न थाहानगर आइपुगेका राज्यमन्त्री सिंहले १६ माघमै थाहा नगरपालिका वडा नम्बर ९ मा अवस्थित स्वच्छन्द भैरव माविको वार्षिकोत्सव समारोहमा सहभागी भएका थिए भने नगरको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिर दर्शन गरी नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा निरीक्षण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी