मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा डिजिटल कृषि एप सम्बन्धि छलफल भएको छ । कृषि एप मार्फत किसानहरुलाई कृषि सम्बन्धि जानकारी गराउने उद्देश्यले जियो कृषि कम्पनिले २५ माघमा वडा कार्यालयको हलमा छलफल आयोजना गरेको हो ।

स्वच्छन्द साना किसान कृषि सहकारी संस्था र वडा कार्यालय/कृषि प्राविधिकको समन्वयमा छलफल भएको हो । कृषकलाई डिजिटल माध्यमबाट असल कृषि अभ्यास गराउने उद्देश्यले छलफल भएको कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिइन् । मोबाइल एप मार्फत कृषि बजार मूल्य, मौसमी जानकारी, मलखादको उचित प्रयोग, बाली पशु स्वस्थ्य जाँच र विज्ञ सल्लाह समेतको कार्य गर्न सकिने जियो कृषिका राजनमान बज्राचार्यले जानकारी गराए ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ९ की वडासदस्य तथा थाहा नगरपालिकाकी कार्यपालिका सदस्य अञ्जु श्रेष्ठ, थाहा ९ र १० की कृषि प्राविधिक कमला सुवेदी, मदन भण्डारी विश्वविद्यालय चित्लाङका अनुपमा श्रेष्ठ, भूषण श्रेष्ठ, स्वच्छन्द साना किसान कृषि सहकारीकी अध्यक्ष शारदा लामिछाने, सदस्य दुर्गा विडारी, व्यवस्थापक शुक्ला गोपाली व्यवसायी श्याम बलामी लगायतकाको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी