मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले सडक विभाागका महानिर्देशक अर्जुन जंग थापा लगायत बिभागका अन्य प्राबिधिक कर्मचारीहरु सहित चित्लाङ–चन्द्रागिरि–थानकोट सडकको अनुगमन गरेका छन् । यो सडक काठमाडौ देखि हेटौंडा, सिमरा र बिरगंज सम्मका यात्रुहरुलाइ छोटो र सहज पहुँचको मार्ग भएको तथा साँस्कृतिक तथा पर्यटकिय महत्व बोकेको सडक भएकोले साथै यसले मकवानपुरको उत्तरी भेगको जनजिविकामा प्रत्यक्ष लाभ पुग्ने भएकोले सडकको स्तरिकरण तथा पुर्ण कालोपत्रे हुनुपर्ने साँसद बर्तौलाको जोड रहेको छ ।

आफ्नो कार्यकालमा यो सडकलाई पुर्ण ब्यवस्थित बनाउन मुख्य प्राथमिकता रहेको समेत बर्तौलाले बताए । यो सडक हुँदै दैनिक करिव ३ हजार आन्तरिक पर्यटक मकवानपुर भित्रने र पर्यटकहरु खास गरिकन मकवानपुरको थाहानगर क्षेत्रको नेवाः साँस्कृतिक विविधता हेर्न, स्थानीय होमस्टेमा रमाउन, काठमाण्डौको धुलोधुवा छल्न, ईन्द्रसरोवरको ताल संग रमाउन तथा दामन घुम्न आउने गरेका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडकको सुरुवाती पोईण्ट मानिएको चनिवन ब्यारेक बाट काठमाण्डौको थानकोट प्रहरी चेक पोष्ट सम्म जम्मा १८ कि.मी.दुरीको सडक रहेको छ भने चित्लाङ फेदीबाट थानकोट १२ कि.मी. मात्रै रहेको छ । यो सडकको १८ किमि दुरी पार गर्न अहिले सरदर बाईकहरु ३५ मिनेट तथा मोटर गाडी ५० मिनेट लगाउने गरेकोमा कालो पत्रे सम्पन्न भएको खण्डमा आधा घण्टाको बाटो हुन सक्ने सडक सरोकार समितीको प्रतिनिधि बुद्धरत्न मानन्धर बताउँछन् ।

मानन्धरका अनुसार सडक सरोकार समितीको १७ महिनाको मिहेतबाट बाटो सुधार भएर सचारु भएको हो र यस क्षेत्रको माननिय तथा सडक विभागको ध्यान स्तरीकरणमा गएकोमा स्थानीय खुशी भएको छ । सडक अनुगमनको क्रममा २६ माघमा माननिय साँद महेश बर्तौला, सडक विभागको महानिर्देशक अर्जुन जंग थापा, सडक सरोकार समिती, स्थानीय बुद्धीजिवि डा. रामहरी लामीछाने तथा हरीहर लामिछाने लगवायतकाको उपस्थिती रहेको थियो ।

साँसद बर्तौलाले अनुगमनका क्रममा स्थानीय सरोकार समिती तथा स्थनीय बासिहरुसंग पनि छलफल गरे । छाफलका क्रममा यो सडकबाट प्रत्यक्ष यस मकवानपुरका उत्तरी क्षेत्रका नागरिकहरुमा सडकले प्रत्यक्ष फाईदा पुर्याएका तथा यहाँको पर्यटन विकास तथा आर्थिक विकासमा फाईदा पुगेको बताए । सडक विभागका महाप्रवन्धक थापाले सडकको केहि खण्डहरु सुधार गर्नुपर्ने, केहि भागहरुमा कटिङ गर्नु पर्ने, नाला व्यवस्थापन तथा कालो पत्रे अबको प्रमुख काम रहेकोले माननीय सँग समन्वय गरेर यी कामहरु सम्पन्न गर्न प्राथमिकता दिने बताएका हुन् । अहिले कच्ची सडक भएर नै थानकोटदेखि हेटोंडा तथा विरगंज मालबहाक गाडी, तरकारी गाडीहरु संञ्चालन भईरहेको छ ।

पालिका प्रेस
थप जानकारी