भक्तपुर नगरपालिकाले सहकारी नियमावली २०७९ सर्वसम्मत रुपमा पारित गरेको छ । बुधबार नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको तेहाैं नगरसभाको बैठकले सहकारी नियमावली २०७९ पारित गरेको हो ।

 नगरपालिकाको सहकारी ऐन २०७४ लाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सहकारी नियमावली २०७९ प्रस्तुत गरिएको बताउँदै नगरप्रमुख प्रजापतिले नगरभित्र सहकारीहरुलाई नियमन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गराउन नियमावलीले थप सहयोग पु¥याउने बताए ।

सो नियमावलीमा एकै वा फरक प्रकृतिका दुई वा दुईभन्दा बढी संस्था वा संघले अन्तर सहकारी सहयोगको भावनाले संयुक्त वा साझेदारीमा आप्mनो उत्पादन वा सेवाको बजारीकरणका लागि कारोबार, व्यवसाय, उद्योग वा परियोजना संचालन गर्न सकिने उल्लेख छ भने समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी कार्य गर्न छुट्टै व्यवस्थापन समिति गठन गरिने व्यवस्था रहेको छ ।

पालिका प्रेस
थप जानकारी