मकवानपुर थाहा नगरपालिका भित्र रहेका राहत शिक्षक समितिको दोश्रो अधिवेशनबाट नगर अध्यक्षमा छमकला बस्नेत निर्वाचित भएकी छन् । १३ फागुनमा थाहाको सेतिगणेश आधारभूत विद्यालयमा भएको अधिवेशनले १३ सदस्यीय राहत शिक्षक समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा इन्द्रनाथ सापकोटा, सचिब चन्द्र प्रसाद बराल, सहसचिव ललिता गुरुङ, कोषाध्यक्ष मेरिना केसी निर्वाचित भए । समितिको सदस्यहरुमा जोग बहादुर घलान, सुनकेशरी गोपाली, सुशीला भुजेल, मनमाया गुरुङ, कोपिला भेटवाल, राजेन्द्र विष्ट, रुपा न्यौपाने र दिपकराज वर्तौला सर्वसम्मत निर्वाचित भए ।

राहत शिक्षक थाहानगर समितीका अध्यक्ष केशव सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा शिक्षक महासंघका केन्द्रिय सदस्य सानोभाइ कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल राहत शिक्षक मकवानपुर जिल्ला अध्यक्ष हरी पौडेलको विशिष्ट आतिथ्यमा भएको अधिवेशनमा शिक्षक महासंघ थाहानगरका अध्यक्ष राजाराम कार्कीलगायत विभिन्न शिक्षक संघ संगठनका प्रतिनिधि तथा राहत शिक्षकहरुको उपस्थिति रहेको थियो। अधिवेशनमा वक्ताहरुले राहत शिक्षकहरुको समस्याका विषयमा सरकार गम्भीर बन्नु पर्ने बताएका थिए ।

पालिका प्रेस
थप जानकारी