नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव ९रुदल०ले जानकारी दिनुभयो ।

करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ । जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवा प्रवाह सहज पुग्ने विश्वास लिनुभएको छ ।

करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो । उक्त भवन बनाउनका लागि रु नौ करोड ४२ लाख ५६ हजारमा बोलपत्र आह्वान गरिएको रु सात करोड ९० लाख ५६ हजारमा बोलपत्र परेको जिससका सबइञ्जीनियर सन्देश न्यौपाने बताउनुभयो । भवन निर्माणको जिम्मा आकृति पशुपति एभरेष्ट जेभी बुटवलले पाएको छ । जिससको हाल आफ्नै भवन नहुँदा भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी