नेपालकै पहिलो मानव निर्मित कुलेखानी ताल छेउ हुँदै निर्माण भएको कुन्छाल कुलेखानी सडकको कलंकी–विसिङ्खेल खोला सडक खण्ड पिच हुने भएको छ । उक्त सडक ट्र्याक खुलेको ४० वर्षपछि बल्ल पिच हुन लागेको हो ।

पूर्वाधार विकास कार्यालय चितवनले उक्त सडक खण्डको ‘कलंकी मार्खु सिम्लाङ विसिंखेल खोला टुरिजम रोड’को नाम दिइ सडक पिचका लागि बोलपत्र आव्हान गरेको हो । इन्द्रसरोवर गाउँपालिकाको पहलमा उक्त कार्य अघि बढेको जनाइएको छ । करिब ९.७४ किलोमिटर लामो रहेको उक्त सडक खण्ड पिच भएपछि स्थानीयबासी तथा पर्यटकहरुलाई आवागमनमा निकै सहज हुने गाउँपालिकाले जनाएको छ ।


सडक पिच हुनेगरी बोलपत्र (टेण्डर) आव्हान भएपछि इन्द्रसरोवरको मार्खु क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । यससगै होटल व्यवसायी पनि थप उत्साहित भएका छन् ।

सूचनाः