वैदेशिक अध्ययनमा जान चाहने तथा तालिम लिन चाहने कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवेदन माग गरेको छ।

कोरिया र थाई सरकारद्धारा नेपालका निजामती कर्मचारीलाई प्रदान गरिँदै आएको तालिम तथा वैदेशिक अध्ययनमा जान चाहने इच्छुक र योग्य कर्मचारीसँग मन्त्रालयले आवेदन माग गरेको हो।

निजामती सेवा ऐन, २०४९ (संसोधन सहित) को दफा ४ (ख) को उपदफा (३) बमोजिम गठित समितिको मिति गत चैत्र १६ गते बसेको ३६२ औं बैठकले मन्त्रालय र स्थानीय तहमा कार्यरत कर्मचारीले मात्र निजामती सेवा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम इमेल पठाउन सूचनामा उल्लेख गरिएको छ। संघीय मामिला मन्त्रालय र स्थानीय तहका कर्मचारीहरुलाई मन्त्रालयले चैत्रको अन्तिम साताभित्र आवेदन माग गरेको हो।

पालिका प्रेस
थप जानकारी