थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाको सभाहलमा ६६ औं सहकारी दिवसको अवसरमा छलफल कार्यक्रम भएको छ । थाहानगरमा रहेका सहकारीहरुबीच छलफल कार्यक्रम भएको हो ।

‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नाराको साथमा कार्यक्रम भएको हो । छलफलमा सहकारीका समसामयिक मुद्दाहरुको विषयमा छलफल भएको थियो । विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योग व्यवसायहरूको कारोबारमा संकुचन, बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा तरलताको अभाव, चर्को मूल्यवृद्धि लगायतका कारणले नागरिकहरू मर्माहत भएको कार्यक्रमका सहभागीहरुले बताए । वर्तमान संकटमा समेत कति पनि विचलित नभई सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध हुने गरि नगरभित्र रहेका सम्पूर्ण सहकारीकर्मीहरूको एउटै आवाज बन्नु पर्ने पालुङ ,बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा वरिस्ठ चार्टर एकाउन्टेन्ट उमेश ढकालले बताए ।

कार्यक्रममा ढकालले सहकारीकर्मीहरुले सहकारीलाई पार्ट टाइम समय दिने गरेकोले पनि समस्या रहेको बताउदै सहकारीको स्वनियम र सुशासनलाई आत्मसात गरि संचालन गरेमा मात्र दिगोपना हुने बताए । उनले लघुवित्तमा देखियको राष्ट्रिय समस्यालाई सहकारीमा जोड्न नमिल्ने तर्क गरे । ढकालले सहकारीहरुले राष्ट्र बैंकको सुचकलाई मानी संचालकहरुलाई ऋण प्रवाह गर्न नहुने धारणा राखे ।

छलफल कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोज रायमाझीले सहकारीको स्वनियमको लागि नियमक निकाय स्थानीय तहलाई नियमन गर्ने अधिकार दिए । उपयुक्त हुने धारणा राखे । सो अवसरमा “वर्तमान अवस्थामा सहकारी संचालनको अवसर र चुनौती “विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा सहकारीको अवस्था र यसका अवसरहरुको बारेमा छलफल भएको थियो ।

थाहानगर भित्र रहेका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा संचालक समिती सदस्यहरुको सहभागिता रहेको छलफल कार्यक्रममा सहभागीहरुले थाहा नगरपालिका भित्र रहेका सहकारीहरुको संजाल गठन गर्नुपर्ने बताए । कार्यक्रममा नगरका सहकारीहरुबीच एक आपसमा वित्तिय सुचना आदानप्रदान गर्दै सहकारीमा आवद्ध संचालक समिती र सदस्यहरुले आचारसंहिता बनाइ आफै स्वनियन्त्रीतभै जथाभावी कर्जा प्रवाहमा अंकुस लगाउनुपर्नेमा जोड दिएका थिए । वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरिएको छ ।

पालिका प्रेस
थप जानकारी