दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधिसहित राज्यको श्रोतबाट तलवभत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक (सरकारी) विद्यालयमा पढाउनु पर्ने व्यवस्था गरेको छ ।
गाउँपालिकाको आज आइतबार बसेको बैठकले राज्यको श्रोतबाट तलवभत्ता खाने सबैले आफ्ना सन्तानलाई अबको शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको हो ।
बैठकपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले निकालेको सूचनामा भनिएको छ, ‘बैतेश्वर गाउँपालिकाभित्र काम गर्ने निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता, सामुदायिक सिकाइ केन्द्रका परिचालकहरु लगायत राज्य श्रोतबाट तलब भत्ता बुझ्ने अन्य कर्मचारीका छोराछोरी अनिवार्य रुपमा २०८० सालदेखि सामुदायिक विद्यालयहरुमा भर्ना गरी पठपाठन गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिन्छ ।
सामुदायिक विद्यालयको स्तर खस्किरहेको भन्ने अभिभावकहरुको गुनासो आइरहेको बेलामा पढाइको स्तर बढ्ने विश्वासमा राज्य श्रोतबाट तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्