मकवानपुरको थाहा नगरपालिकाको एउटा वडाले सेवाग्राहीका लागि कार्यालयमै फोटोकपी सेवा निःशुल्क दिने निर्ण गरेको छ । पालिकाको ११ नम्बर वडाले २६ चैतमा बैठक बसी यस्तो सेवाग्राही मैत्री निर्णय गरेको हो ।

वडामा आउने सेवाग्राहीहरुलाई सेवामा सरल पहुँच र सहज बनाउनको लागि वडाले यस्तो निर्णय लिएको वडाध्यक्ष दिनेश बलले जानकारी दिए । वडा समितिको बैठकको निर्णय नयाँ वर्ष २०८० संगै २ वैशाखबाट कार्यान्वयन हुने अध्यक्ष बलले जानकारी दिए । सेवाग्राहीलाई फोटोकपी गर्न बजारसम्म गइरहन झन्झटिलो र छिटोछरितो सेवा प्रवाह हुन नसक्ने भएकोले वडाले ग्राहक सेवामैत्री निर्णय गरेको वडाले जनाएको छ ।

१२ वटा वडा रहेको थाहा नगरपालिकाको ११ नम्बर वडाले पहिलो पटक आधिकारिक निर्णय नै गरेर निःशुल्क फोटोकपी सेवा कार्यान्वयनमा ल्याएको हो ।

पालिका प्रेस
थप जानकारी