मकवानपुर थाहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बेरुजू ११ करोड ४२ लाख २७ हजार देखिएको छ । यो बेरुजू रकम मकवानपुरका दश पालिका मध्ये सबैभन्दा बढि हो । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा बेरुजू रकम सार्वजनिक भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को अन्तिम लेखापरीक्षणमा ६ करोड २५ लाख २५ हजार बेरुजू रहेको थियो । थाहानगरको दोस्रो कार्यकालको जनप्रतिनीधि आएकै वर्षको मात्र ११ करोड ४२ लाख २७ हजार बेरुजू थपिएको छ । अघिल्लो जनप्रतिनीधिको कार्यकालमा दुई पटक बेरुजु कम भई देशभरका स्थानीय तहमध्ये पुरस्कृत भएको थाहा नगरपालिका अहिले जिल्लामै सबैभन्दा बढि बेरुजु भएको पालिकाको रुपमा परिचय बनाएको प्रतिवेदन सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७८/०७९ मा थाहानगरको ६.५३ प्रतिशत बेरुजू छ ।

मकवानपुरमा सबैभन्दा कम बकैया गाउँपालिकाको ०.७ प्रतिशत वेरुजू छ । त्यस्तै हेटौंडा उपमहानगरपालिकाको ०.७७ प्रतिशत, इन्द्रसरोवर गाउँपालिकाको १.९५, मनहरीको २.११, मकवानपुरगढी गाउँपालिकाको २.३७, कैलाशको ३.१३, बागमतीको ३.८४, भिमफेदीको ३.२६, राक्सिराङको ३.७८ र प्रतिशत बेरुजू कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी