मकवानपुरको दश पालिकाको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ६७ करोड १३ लाख ६९ हजार रहेकोमा आर्थिक वर्ष २०७८/०७९ को बेरुजु ३९ करोड ८२ लाख ६९ हजार देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा बेरुजू रकम सार्वजनिक भएको हो । प्रत्येक पालिकाको अद्यावधिक बेरुजू भने पालिका अनुसारको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा समावेश भएर आउने छ । उक्त प्रतिवेदान भने हालसम्म सार्वजनिक भैसकेको छैन ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा हेटौंडा उपमहानगरपालिकाको बेरुजु १५ करोड ७० लाख ७० हजार थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ६० लाख ३९ हजार रहेको छ । त्यस्तै थाहा नगरपालिकाको अघिल्लो आर्थिक वर्ष ६ करोड २५ लाख २५ हजार थियो भने पछिल्लो वर्ष ११ करोड ४२ दलाख २७ हजार रहेको छ । इन्द्रसरोवरको ३ करोड ५५ लाख १६ हजार भएकोमा १ करोड ४२ लाख १० हजार, भिमफेदीको ४ करोड ६० लाख ६१ हजार भएकोमा ३ करोड १० लाख ४९ हजार, मकवानपुरगढीको ६ करोड ४४ लाख ९६ हजार भएकोमा ३ करोड १० लाख ४९ हजार, बागमतीको २ करोड ८३ लाख ६५ हजार भएकोमा ३ करोड ९२ लाख ६४ हजार देखिएको छ । यसैगरी बकैयाको १ करोड ५२ लाख ६८ हजार भएकोमा १ करोड ६३ लाख ८९ हजार, महनरीको १६ करोड ६३ लाख ९६ हजार भएकोमा २ करोड ६४ लाख ९२ हजार, कैलाशको ४ करोड ६८ लाख ९४ हजार भएकोमा ३ करोड २५ लाख २३ हजार र राक्सिराङ गाउँपालिकाको ४ करोड ८६ लाख ७८ हजार भएकोमा आर्थिक वर्ष २०७८/०८९ मा ४ करोड २० लाख १७ हजार देखिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवेदन अनुसार वार्षिक बेरुजुलाई हेर्दा सबैभन्दा राम्रो प्रगती मनहरी गाउँपालिकाले गरेको छ । मनहरीको गत आर्थिक वर्षको तुलनामा ८.१४ प्रतिशतले बेरुजु घटाएको छ । यद्यपि जिल्लामै सबैभन्दा कम बेरुजु भएको पालिका भने बकैया गाउँपालिका भएको छ । बकैयाको बेरुजू कुल लेखापरीक्षण भएको रकमको ०.७ प्रतिशत मात्र बेरुजु देखिएको छ । दोस्रो भएको हेटौंडा उपमहानगरपालिका को ०.७७ रहेको छ । त्यसोत देशका ११ उपमहानगर मध्ये हेटौंडाको बेरुजु सबैभन्दा कम हो । जिल्लाका सबै पालिकाको तुलनामा थाहा नगरपालिका सबैभन्दा ऋणत्मक प्रगतीमा छ । थाहानगरको अघिल्लो आर्थिक वर्षमा ३.९६ प्रतिशत बेरुजू रहेकोमा आर्थिक वर्ष २०७८÷०७९ मा झण्डै दोब्बर ६.५३ बेरुजु अंक कायम भएको छ । प्रतिशतका हिसाबले जिल्लाको बागमती गाउँपालिकाको पनि बेरुजु बढेको छ । अघिल्लो आर्थिक वर्षमा लेखापरीक्षण रकमको २.३३ प्रतिशत बेरुजु रहेकोमा यस आर्थिक वर्षमा ३.८४ प्रतिशत पुगेको छ ।
मकवानपुरका सबै स्थानीय तहको बेरुजु घट्दा थाहा नगरपालिका र बागमती गाउँपालिकाको बेरुजु प्रतिशत बढेको हो । मकवानपुरको बकैया गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा ०.७ प्रतिशत वेरुजू छ । त्यस्तै थाहा नगरपालिकाको ६.५३ प्रतिशत, हेटौंडा उपमहानगरपालिकाको ०.७७ प्रतिशत, इन्द्रसरोवर गाउँपालिकाको १.९५, मनहरीको २.११, मकवानपुरगढी गाउँपालिकाको २.३७, कैलाशको ३.१३, बागमतीको ३.८४, भिमफेदीको ३.२६, राक्सिराङको ३.७८ र प्रतिशत बेरुजु कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्