हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले ५ वैशाखमा शिलान्यास गरेकी छिन् । भवन अभावका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको वडा र्कायालयको नयाँ भवन तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय परिसरमै निर्माण हुन लागेको हो ।

भवन शिलान्यास गर्दै नगर प्रमुख लामाले भवन निर्माणको गुणस्तरलाई ध्यान दिन आग्रह गरिन् । हेटौंडा उपमहानगरपालिकाको लगानीमा निर्माण हुन एक तल्ले ६ कोठाको भवन उपभोक्ता समिति मार्फत निर्माण थालिएको हो । करीब ४० लाख रुपियाँको लागतमा निर्माण हुने भवनमा उपभोक्ता समितिको १० प्रतिशत लागत सहभागिता रहने वडा अध्यक्ष सुकराम केसीले बताए ।

त्यस्तै ५ वैशाखमै मेयर लामाले हेटौंडा ९ मा रहेको प्रगती माध्यमिक बिद्यालयले निर्माण गर्न लागेको भवनको पनि शिलान्यस गरिन् । हेटौंडा उपमहानगरपालिकाको १५ लाख रुपियाँको लगानीमा निर्माण हुने व्यवसायिक भवनको जगको काम पहिलो चरणमा गर्न लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी