मकवानपुरको विकट कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्ने चुनिया नामटार कालिकाटार सडकअन्तर्गत नामटार–खुमलटार सडकको स्तरीकरण सुरु भएको छ । माटो कटिङ, ग्याबिन वाल, स्टोन मेशिनरीलगायतको काम गर्न ३ करोड ९४ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेको उक्त सडकको गाउँपालिकाका अध्यक्ष लोक मुक्तानले शिलान्यास गरेका छन् ।

६ वैशाखमा खुमलटारमा एक कार्यक्रमकाबीच अध्यक्ष मुक्तानले सडक स्तरीकरण कार्यको शिलान्यास गरे । संघ प्रदेश र स्थानीय सरकारको समपुरक योजनाअन्तर्गत ठेक्का लगाइएको उत्त सडक खण्डमा हाल ३ किलोमिटर सडक फराकिलो बनाउने पर्खाल लगाउने काम हुनेछ । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र प्रदेश सरकारको ७० लाख गरी चालु वर्षमा एक करोड ४० लाख रुपैयाँ बराबरको काम गर्नेगरी ठेक्का सम्झौता गरिएको छ । बहुबर्षीय योजना अन्तर्गत १८ महिनामा सम्पन्न गर्नेगरी आयुश्री बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग ठेक्का सम्झौता गरिएको उक्त सडकको काम तोकिएकै समयमा कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई अध्यक्ष मोक्तानले निर्देशन दिए । समपुरक अनुदानअन्तर्गत चालु वर्षमा १ करोड ४० लाख रुपैयाँको काम हुने र आगामी वर्ष गाउँपालिकाले बाँकी करिब डेढ करोड रुपैयाँ छुट्याउने गाउँपालिका अध्यक्ष मुक्तानले बताए ।

बाटोको शिलान्यास गर्दै पालिकाका अध्यक्ष मुक्तानले वि.सं. २०३७ सालदेखि सडक चलन चल्तीमा रहेता पनि हालसम्म स्तरीकरण नहुँदा स्थानीयले समस्या भोग्दै आएको बताए । अब भने त्रिभुवन राजपथबाट गाउँपालिका कार्यालयसम्म सहज आवागमनको लागि सडक स्तरीकरणलाई तीव्रता दिइने उनको भनाइ थियो । उहाँले सडक स्तरिकरणसँगै पालिकाका सर्वसारधणलाई आवतजावतमा मात्र नभई उनीहरुले उत्पादन गरेका कृषी उपज बजारसम्म पुर्याउन सहज हुने बताए । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, १० नम्बर वडाध्यक्ष सूर्यबहादुर भ्लोन, निवर्तमान वडाध्यक्ष माणिकलाल मुक्तानलगातलगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी