मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ को इपा गाँउको सडक निर्माणको काम दुई वर्षदेखि भइरहेको छ । संघीय सरकारको समपुरक अनुदानमा यो सडक पक्की निर्माण गर्ने काम भइरहेको हो ।

बितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षमागरी संघीय सरकार र गाउँपालिकाको गरी ८ करोड रुपैयाँ लागतमा सडक निर्माण भइरहेको हो । यो सडक निर्माण भएपछी यहाँका सयौ परिवारले फाइदा लिन सक्नेछन् । यस सडक निर्माणसंगै बिकासले गर्दा गाउँको मुहार फेरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । यो आर्थिक बर्षको मसान्तसम्ममा स्तरोन्न्ती भएका सडक स्ल्याब ढलान कार्य सम्पन्न गर्ने लक्ष लिएको लामाले बताए ।

यस सडकमा ठेक्का मार्फत तीन वटा प्याकेजमा काम भइरहेको छ । गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ र चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ लागतमा काम भइरहेको भीमफेदी गाउँपालिकाका योजना शाखाका प्रमुख तथा सूचना अधिकारी बद्री सापकोटाले बताए ।

सडक निर्माणको काम अन्तरगत स्लाब निर्माण, ड्रेन, वाल निर्माण, हेमपाइप र ग्यावीन जाली निर्माण गर्ने काम भइरहेको उनले बताए । यस सडक निर्माण भइसकेपछी यस क्षेत्रका एक हजार ५ सय परिवार लाभान्वीत हुने उनले बताए ।

पालिका प्रेस
थप जानकारी