मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ स्थित लेकाली बसिफाँटमा अध्यनरत ६० जना साना विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको छ । विद्यार्थीहरुलाई काठमाडौं कीर्तिपुर स्थायी घर भएका समाजसेवी हरिकृष्ण बस्नेत र उनकी धर्मपत्नी रमा बस्नेतले आफ्नो छोरा संजय बस्नेतको जन्मदिनको अवसर पारेर विद्यालयको लोगो र नाम सहितको ट्रायाकसुट वितरण गरेको विद्यालयका प्रधानाध्यापक एल एल मण्डलले जानकारी दिए ।

बस्नेत दम्पतीले विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताउदै आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन । जन्मदिन वा विभिन्न बहानामा पार्टी प्यालेस गएर पैसा उडाउने चलनले प्रायः पाइरहेको अवस्थामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने प्रधानाध्यापक मण्डलको विश्वास छ ।

थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाका तामाङ समुदायको विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा अध्यनरत साना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार लामाले बस्नेत

पालिका प्रेस
थप जानकारी