काठमाडौं महानगरपालिकाले सातै प्रदेशका एक-एक पालिकासंग भगिनी सम्बन्ध राख्ने याेजना अघि सारेकाे छ । महानगरपालिका मेयर बालेन्द्र साहकाे याेजनामा मधेस प्रदेशमा जीतपुरसिमरा उपमहानगरपालिकासंग भगिनी सम्बन्ध राख्ने प्रकृया अघि बढेकाे छ ।
महानगरपालिकाले प्रस्ताव पठाएपछि उपमहानगरपालिकाले सकारात्मक पत्र पठाइसकेको छ । प्रस्ताव अघि बढेपछि मेयर साह र राजन पाैडेलबीच साेमबार काठमाडौंमा भेटवार्ता भएकाे छ । दुवै पालिकाकाे कार्यपालिकाबाट पारित गरेर जेठभित्र ओैपचारिक रूपमा हस्ताक्षर गर्ने गरि तयारी भइरहेकाे मेयर पाैडेलले जानकारी दिए ।
भेटवार्तामा कृषि क्षेत्रमा सहकार्य गर्ने याेजना रहेकाे मेयर साहले बताए । कुन-कुन क्षेत्रमा सहयोग गर्न सकिन्छ भनेर छलफल गरेर अघि बढ्ने बताए । प्रविधिमैत्री सेवा प्रवाह र अनुभवलाई जीतपुरसिमराकाे विकासको लागि महत्त्वपुर्ण सहयाेग पुग्ने मेयर पाैडेलले विश्वास व्यक्त गरे । मेयर साहलाइ भ्रमणकाे निम्तो दिए । पर्सा राष्ट्रिय निकुञ्जकाे प्रवर्द्वन हुने गरि भ्रमणकाे आग्रह गरे ।
मेयर साहकाे कार्यकक्षमा भएको भेटमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडा नं. ८ का अध्यक्ष शिवशंकर कुशवाह लगायतको उपस्थिति रहेकाे थियाे ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्