फोटोः गणेश विष्ट/पालिका प्रेस

मकवानपुरबाट धादिङ जेड्ने डाँडाबास दामगाडे–महादेववेशी सडकका लागि संघीय सरकारले २० करोड समपुरक अनुदान विनियोजन गरेको छ । प्रदेश सरकारको समपुरक योजना अन्तर्गत उक्त सडकलाई बजेट विनियोजन भएको हो ।

थाहा नगरपालिकाको वडा नम्बर ७ र ८ हुँदै धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ जोडिने सडकका लागि बागमती प्रदेश सरकारले थप २० करोड समपुरक बजेट विनियोजन गर्नेछ । थाहा नगरपालिकाले विस्तृत परियोजना प्रस्ताव तयार गरी बागमती प्रदेश सरकार मार्फत उक्त सडकका लागि पालिकाले प्रस्ताव गरेको थियो । चालु आर्थिक वर्षबाट बजेट विनियोजन भई पेश निर्माण प्रारम्भ भएको उक्त सडक २ वर्ष भित्रमा निर्माण सक्ने योजना रहेको छ ।

यो पनि पढ्नुहोस

पालिका प्रेस
थप जानकारी