मकवानपुर थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा सहकारीहरुलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम दिईएको छ । थाहा नगरपालिका मातहतका सहकारी संस्थाहरुलाई दुई दिने लेखा व्यवस्थापन तालिम दिइएको हो ।

नयाँगाउँको साहारा रिसोर्टको सभाहलमा संचालन भएको तालिमका सहभागीहरुलाई पालुङ क्याम्पस प्रमुख राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र लेखा शाखा प्रमुख हरी बहादुर खपाङ्गी मगरले सहजीकरण गरेका थिए ।

तालिममा नगर भित्र संचालनमा रहेका ३० ओटा सहकारी संस्थाहरुको सहभागिता रहेको नगरपालिकाका सहकारी शाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रम तालीमको प्रशासन महाशाखाका प्रमुख अजित घिमिरेको सभाध्यक्षतामा भएको थियो ।

समापन समारोहमा बोल्दै उपप्रमुख भरत गोपालीले दुईदिने तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गरे । केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताउँदै सहभागीहरुलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

पालिका प्रेस
थप जानकारी