मकवानपुरको बागमती गाउँपालिाकामा माछापालनको लागि भुरा र बाख्रालाई घाँस दिने टाट्नो वितरण गरिएको छ । बागमती गाउँपालिकाको ९ ओटै वडाहरुलाई समेटेर कृषि जन्य सामाग्री वितरण गरिएको पशु शाखाले जानकारी दिएको छ ।

बाग्मती गाउँपालिकाको प्राङ्गणमा ८ असारमा भएको कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले किसानलाई उत्साहित बनाउदै र आत्मा निर्भर बनाउने उद्देश्यले भुरा माछा र बाख्रालाई घाँस दिने टाट्नो वितरण गरिएको बताए । सरकारले कृषकहरुलाई दिएको प्रोत्साहनलाई सिरोपर गर्दै इमानदार भएर आफ्नो ब्यवसायलाई निरन्तरता दिन अध्यक्ष घलानले सुझाव दिए । कार्यक्रममा २९ ओटा बाख्रालाई घाँस दिने टाट्नो, ४ लाख भुरा माछा अर्थात १७४ पोका भुरा माछा वितरण गरिएको छ । भुरा माछा रहु, नैनी, ग्रासकार्प, कमनकार्प, बिगहेडलगायतको प्रजातीको माछा वितरण भएको पशु शाखा प्रमुख राजेन्द्र गोलेले जानकारी दिए ।

कार्यक्रममा बागमती गाउँपालिका प्रशासकीय अधिकृत झम्क नारायण घलान, वडा नम्बर २ का अध्यक्ष जनक पहरी, वडा नम्बर १ का अध्यक्ष यहुन्न राईलगायत नौ वटै वडाको भुरा माछा र बाख्राको टाट्नो लिने कृषकहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी