संघीय सरकार अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत मकवानपुरको थाहा नगरपालिकाको लागि तीन वटा योजना छनोट गरी बजेट विनियोज भएको छ । नगरपालिकाको ५ नम्बर वडाको लागि मोटरेबल पुल, ढोकचा तसार पालुङ खोलामा पुल र घर्तिखोला पुलका लागि बजेट विनियोजन भएको हो ।

नगरपालिका अन्तर्गतका ती तीनवटै पुलको लागि पाँच÷पाँच लाख रुपियाँ बजेट विनियोजन भएको मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख गरिएको छ । यि कार्यक्रमको साथै नगरपालिका क्षेत्र हुँदै संचालन हुने त्रिभुवन राजपथलाई पनि बजेट ३ करोड ३७ लाख ५० हजार रुपियाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै थाहा नगरपालिका आग्रा गैरीगाउँ गोगने पकने हुँदै धादिङ जोड्ने सडकका लागि १ करोड बजेट विनियोजन भएको पुस्तिकामा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी