थाहा नगरपालिकाले विपद व्यवस्थापन कार्यविधि मार्फत कोष खडा गर्ने नीति लिएको छ । बारुणयन्त्र २४ सै घण्टा सञ्चालन गर्ने गरी वारुण यन्त्रलाई नगर प्रहरी मार्फत सञ्चालन गर्ने व्यवस्था गर्ने भएको छ ।

दमकल जान नसक्ने स्थानमा फायर हाइड्रेन्टरपोर्टेबल पम्पको ब्यबस्थाका लागि आवश्यक सहकार्य गर्ने, विपद ब्यबस्थापनका लागि रेस्पेन्स तुरुन्त गर्ने गरी नगर प्रहरीलाई जिम्मा लगाइनेछ र नगरपालिकाको आपत्तकालिन सञ्चालन केन्द्रमा आवश्यक सामग्री व्यवस्थापन गर्दै वडाहरुमा समेत विपद् सामग्री उपलब्ध गराउने पालिकाको नीति छ ।

विपद् स्वयमसेवक दस्ता गठन गरी तालिमको व्यवस्था तथा आवश्यक ड्रिलको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ । थाहा नगरपालिकाको श्रोत तथा विपद जोखिम नक्सांकन गर्ने पालिकाको आगामि आर्थिक वर्षको नीति छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी