kf]v/f, * dlª;/M sf]/f]gflj?4 efOh/ vf]k klZrdf~rn :jf:Yo lj1fg k|lti7fg kf]v/fdf !@ jif{b]lv !* jif{ pd]/ ;d"xsf nflu ;~rfng ePsf] sf]/f]gflj?4sf] efOh/ vf]k nufpFb} lszf]/L . tl:a/M hd'gf jiff{ zdf{÷/f;;

 बागमती प्रदेशका जिल्लामा समुदायस्तरमा कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याइने भएको छ । काठमाडौँ उपत्यकालगायतका स्थानमा पछिल्ला केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बागमती प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा गठित प्रदेश कोभिड व्यवस्थापन निर्देशक समितिले समुदायस्तरसम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउनेको दर वृद्धि गर्न खोप केन्द्रको सङ्ख्या थप गर्ने निर्णय गरेको छ । कोभिड–१९ विरुद्धको खोप अभियानमा स्थानीय तहको समेत प्रभावकारी सहभागिताका लागि अनुरोध गर्ने र प्रदेशभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग जुम मिटिङ गरिने भएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले कतिपय स्थानीय तहमा लक्ष्यभन्दा कमले खोप लगाएको पाइएको बताउँदै खोप लगाउनेको दर वृद्धि गर्न खोप अभियानमा जनप्रतिनिधिको प्रत्यक्ष सहभागिता आवश्यक भएको जानकारी दिइन् । यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान सञ्चालन गरिने भएको छ ।

कोरोना सङ्क्रमण दर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्नेरगराउने, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्धको अभियानमा सक्रिय भएकालाई प्रोत्साहन गर्ने, अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई प्राथमिकतामा राखेर कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्णय निर्देशक समितिले गरेको छ । बैठकले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि निजी क्षेत्रलगायतसँग सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी