नेपाल फलफुल तथा तरकारी ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद हुमागाई निर्वाचित भएका छन । २३ असारमा भएको संघको नयाँ कार्यसमिति चयन अन्तर्गतको निर्वाचनमा अध्यक्षपदका उम्मेदवार हुमागाईले कुल खसेको ३ सय ७ मत मध्ये १ सय ८० मत प्राप्त गर्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धि मनु दहालले ७५ मत प्राप्त गरिन भने कमलकुमार रौनियारले ३२ मत प्राप्त गर्दा २० मत बदर भएको छ । यस्तै संघको कोषाध्यक्षमा ऋषि सापकोटाले १ सय ९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धि मनोज खुलालले १ सय ९ मत प्राप्त गर्दा ७ मत बदर भएको निर्वाचन अधिकृत कृष्णप्रसाद संजेलले जानकारी दिए ।

यस्तै संघको महासचिवमा सन्तोषी बर्तौला यसअघि नै निर्विरोध निर्वाचित भईसकेकी छिन । गत असार १६ र १७ गते भएको संघको १६ औ वार्सिक साधारणसभाबाट संघको उपाध्यक्षहरुमा आशिष रौनियार र बिमल पौडेल, सचिवमा नवराज शर्मा पौडेल र सहसचिवमा कृष्ण साह कानु निर्विरोध चयन भईसकेका छन । सदस्यहरुमा राम बहादुर ब्लोन, उमा खुलाल खड्का, क्षेत्रबहादुर खड्का , रेणु महत्तो सुडि, रामशरण बजगाई र आईतसिह घलान सर्वसम्मत चयन भएका छन ।

पालिका प्रेस
थप जानकारी