मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको १२ औ गाउँसभाको बजेट अधिबेशनको २३ असारमा समापन भएको छ ।
बजेट अधिवेशन समापनको अवसरमा पालिकामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाले सूचना प्रविधि अधिकृत राजन खतिवडालाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पु्रस्कृत गरेको छ भने डिल बहादुर गोले सर्वोत्कृष्ट कार्यालय सहयोगी घोषित भई पुरस्कृत भएका छन् ।

बजेट अभिवेशन गाउँसभाको अवसरमा खेलाडी प्रबिन लामा समेत सम्मानित भएका छन् । यसैगरी गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा करिब २० बर्ष सेवा गरेका कार्यालय सहयोगी शंकर छुमीको विदाई गरिएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्