नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग मूल्य महाशाखाद्वारा आयोजित मुल्य तथ्यांक प्रदायक स्रोत पसल तथा संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिकाको शिखरकोटको स्थित शंकर होटलमा २३ असारमा अन्तरक्रिया कार्यक्रम भएको हो । सहभागीहरुलाई विभागका निर्देशक डाम्बर राजनकृष्ण पन्त र उपमहानिर्देशक रबिन्द्र महर्जनले सहजीकरण गरेका थिए ।

कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता तथा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीको विशिष्ट आतिथ्यतामा भएको थियो । अन्तरक्रिया कार्यक्रममा नगरभित्र संचालनमा रहेका पसलहरुको संचालक तथा संस्थाहरुको प्रतिनिधि हरुको उपस्तिथिती रहेको थियो।

नेपालमा आर्थिक वर्ष २०७४–०७५ लाई आधार वर्ष मानी २६२ वस्तुहरूको पाक्षिक, मासिक र त्रैमासिक रूपमा मूल्य संकलन गरी यी वस्तुहरूको थोक मूल्य गणना गर्ने गरिएको छ । यी वस्तुमध्ये प्राथमिक समूह अन्तर्गत दुई उप–समूह, इन्धन तथा ऊर्जा समूहअन्तर्गत दुई उपसमूह र उत्पादन समूहअन्तर्गत १३ उपसमूह रहेका छन् । यी समूहहरूको भाराङ्क क्रमशः ३३.५९ प्रतिशत, ८.७६ प्रतिशत र ५७.६५ प्रतिशत रहेको अन्तरक्रियाको अवसरमा जानकारी दिएको थियो ।

विभागले देशभर १० हजार पसल बाट मूल्य संकलनको कार्य हुँदै आइरहेको र तेसको लागि प्रत्येक स्थानमा २ जना स्थानीय शिक्षक खटाइएर मूल्य संकलन गर्दै आइरहेको जानकारी दिएको थियो । थाहाको ६१ पसलमा मुल्य संकलन हुने गरेको र देशभरबाट प्राप्त जानकारी पश्चात मासिक रूपमा मूल्य सुचांङ्क निर्माण गरी राष्ट्र बैंकले प्रकाशित गर्दै आइरहेको कार्यक्रमको अवसरमा जानकारी गराइएको थियो ।

पालिका प्रेस
थप जानकारी