हेटौंडा उपमहानगरपलिकाले डाइलासिस् सेवालाई थप प्रभावकारी बनाउँन हेटौंडामा दुई वटा मेसिन थप गरेको छ । किड्नीका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनले हेटौंडा ११ चुरेहीमा सञ्चालन गरेको दुई मेसिन हेटौंडा अस्पतालमा रहेको हेटौंडा डाईलासिस्मा थप गरेको हो ।

चुरेहीलमा डाईलासिस उपचार बन्द भएपछि मेसिनलाई हेटौंडा डाईलासिस्मा प्रयोगमा ल्याउन उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै सोमबारबाट अस्पतालमा थप मेसिन सञ्चालनमा ल्याएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । मेसिन बन्द रहँदा चुरेहिलमा उपचार लिर्दै आएका बिरामी सेवा बाट बञ्चित हुने र सेवा लिनका लागि बाहिर जिल्लाका अस्पतालमा डाईलासिस् गर्न जानुपर्ने बाध्यता रहेको थियो । उपमहानगरको पहल पछि उनिहरुले उपचार सेवा हेटौंडामै पाउने अवस्था बनेको हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए ।

थप दुई मेसिन सुचारु गर्ने कार्यक्रम उपमहानगरका नगर प्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाहरुको सहयोगमा उपमहानगरले सुरु गरेको डाइलासिस सेवालाई थप प्रभाकारी बनाउँ लाग्नुपर्ने बताइन् । स्वास्थ्य र शिक्षाको अवस्था कम्जोर भएकै कारण बाह्य जिल्लाका मानिसको नजर हेटौंडामा परेको उनले बताइन् । अहिले बिस्तारै दुवै क्षेत्रको स्थिती सुधारउन्मुख रहेकाले त्यसको व्यवस्थापनमा उपमहानगर लाग्ने बताइन् ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईंले खानपान र औषधि जन्य पदार्थको सेवनमा ध्यान नदिँदा किड्नीका बिरामीको संख्या अधिक मात्रमा बढेको बताए । उनले रोगको उपचार भन्दा पनि त्यसको निरुसाहनको पाटोमा ध्यान दिन आवश्यक रहेको बताए । उनले स्थानिय तहका काममा प्रसाशन सहयोगी बन्ने बताए । कार्यक्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले अहिले पनि डाइलासिस् सेवा लिनका लागि ४५ जना बिरामि पर्खाइमा रहेको बताए । उनले हेटौंडा डाईलासिस्वाट हप्तामा ११० जना सेवाग्राहिलाई उपचार सेवा दिनुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष सविन न्यौंपाने, १० का अध्यक्ष फुर्वा दोर्जे लामाले मन्तव्य व्यक्त गरेका थिए । अहिले हेटौंडा डाइलासिस्मा १३ वटा मेसिनबाट उपचार सुबिधा दिँदै आएको छ भने एक मेसिन मर्मतको क्रममा रहेको अस्पतालले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी