मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा १८ करोड ३८ लाख १६ हजार ४०५ रुपियाँ ८८ पैसा राजश्व संकलन भएको छ ।

गाउँपालिकाले वडागत रुपमा संकलन भएको राजश्वको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । मनहरीको वडा नम्बर १ ले ७ लाख २६ हजार ७०३ रुपियाँ पैसा एकासी, २ नम्बर वडाले ३ लाख १६ हजार ३०, ४ नम्बर वडाले ४ लाख ५५ हजार ८३२, वडा नम्बर ५ ले ९ लाख ४६ हजार ३५९, वडा नम्बर ६ ले १० लाख ४१ हजार ६३३, वडा नम्बर ७ ले १६ लाख ९९ हजार ५४२ रुपियाँ पैसा ५५, वडा नम्बर ८ ले १२ लाख ९२ हजार ७१५ र वडा नम्बर ९ ले १६ लाख २९ हजार ८९८ रुपियाँ राजश्व संकलन गरेको हो ।

त्यस्तै गाउँ कार्यपालिकाको कार्यालयमा २५ लाख ९९ हजार ५२६ रुपियाँ पैसा ३०, निकासी शुल्क १६ करोड ७६ लाख ९८ हजार ४२५ रुपियाँ पैसा ५५ र वातावरण शुल्क ४२ लाख ९६ हजार ५२९ रुपियाँ संकलन भएको प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी