मनहरी गाउँपालिकाको कार्यपालिका बैठकले नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यविधि पारीत गरेको छ । १६ साउनमा बसेको कार्यपालिका बैठकले उक्त कार्यविधि पारीत गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले बताए । ो संगै गाउँकार्यपालिकाको बैठकले अन्य २ वटा कार्यविधि पनि पारित गरेको छ ।

कार्यपालिकाको दोस्रो निर्णय अनुसार गुट्खाजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने कार्यविधि र शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ती सम्बन्धी कार्यविधि २०८० पारीत गरिएको श्रेष्ठले बताए । गाउँसभाको १३ औँ अधिवेशनबाट नीति तथा कार्यक्रममा समेटिएका यी तिनैवटा विषयमा कार्यविधि नै तयार पारी आवश्यक कार्यन्वयनको प्रकृयामा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाको नीति नियमलाई निशर्त पालना गराउन नगर प्रहरीको आवश्यकता रहेकोले नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरिएको बताए । गाउँपालिकाले गुट्खाजन्य पदार्थ बिक्री वितरणमा गत श्रावण १५ गतेदेखि नै रोक लगाइएको र त्यसो गरीएमा सामाग्री जफत गरिने तयारी भएको तर उक्त कार्य अन्य कर्मचारीले गर्न नसक्ने तर नगर प्रहरीले गर्न सक्ने भन्दै नगरी प्रहरीको आवश्यकता महसुस भएको उनले बताए । साथै यस्तै क्रियाकलापहरुमा नगरप्रहरीलाई परिचालन गरिने उनले बताए ।

नगरप्रहरीको छिटै नै विज्ञापन प्रकाशन गरी छनोट प्रकृयामा जाने र भदौबाट कार्यान्वयनमा ल्याउने गरी अघि बढेको श्रेष्ठले बताए । यसैगरी शिक्षक सरुवा र प्रधानाध्यापक छनोटको विषयमा आगामी भाद्रदेखि नै कार्यन्वयन गर्ने उनले बताए । हाल वर्षे बिदा भएको र आगामी भाद्रमा सबै विद्यालयमा यो कार्यविधि अनुरुप लागु गरीने श्रेष्ठको भनाई छ ।

पालिका प्रेस
थप जानकारी