sf]/f]gfsf] bf]>f] vf]k nufpFb} ndh'ª, !& h]7 M ndh'ª a]F;Lzx/ gu/kflnsfl:yt lhNnf c:ktfn kl/;/df ;f]daf/ sf]/f]gf ;ªqmd0flj?4sf] bf];|f] vf]k Ps dlxnfnfO{ nufpFb} a]F;Lzx/ gu/kflnsf zfvfsL :Jff:YosdL{ dlxnf lgd{nf v8sf . klxnf] k|fyldstfdf k/]/ klxnf] vf]k nufPsf] / bf];|f] vf]k nufpg afFsL /x]sf lhNnfsf s/La &)) hgfnfO{ ;f]daf/af6 vf]k nufpg z'? ul/Psf] 5 . t:jL/ M hgs >]i7÷/f;;

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार ३३ स्थानीय तहले लक्षित जनसङ्ख्याको शतप्रतिशतलाई पूर्ण मात्राको खोप लगाएका छन् । ओखलढुङ्गाका सिद्धिचरण नगरपालिका र खिजीडेम्बा गाउँपालिका, झापाको कन्काई नगरपालिका र विर्तामोड नगरपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका र जिरी नगरपालिका, रसुवा गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाले शतप्रतिशतलाई खोप लगाइसकेका छन् ।

यस्तै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका, भक्तपुरका भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकाले लक्षित जनसङ्ख्याको शतप्रतिशत खोप लगाएका छन् । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका, गोर्खाको गोरखा नगरपालिका र धार्चे गाउँपालिका तथा गण्डकी गाउँपालिका, मनाङको नामे र नासोङ गाउँपालिका, मुस्ताङका पाँचैवटा स्थानीय तहले पनि शतप्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

कास्की जिल्लाको पोखरा उपमहानगरपालिका, मादी र रुपा गाउँपालिका, तनहुँको व्यास नगरपालिका, स्याङ्जाको पुतलीबजार र भिरकोट नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ ।

यस्तै पहिलो मात्रा शतप्रतिशत लक्षित समूहलाई खोप लगाइसकेको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाले मात्र पूर्ण मात्राको खोप पनि शतप्रशितल लक्षित समूहलाई लगाइसकेको छ । बैतडीको पाटन नगरपालिकाले ९९.३ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ ।

पालिका प्रेस
थप जानकारी