मकवानपुर थाहानगरेको वडा नम्बर ८ आग्रामा झोलुङ्गेपुल निर्माण भैरहेको छ । बागमती प्रदेश सरकारको लगानीमा बनिरहेको पुल ३ सय ४७ मिटर लामो रहेको छ । यो पुल मकवानपुरको दोस्रो लामो र सबैभन्दा बढि उचाइको पुल हो ।

वडा नम्बर ८ आग्राको हाँडीखोलामा निर्माणाधिन पुलले आग्रा स्वास्थ्य चौकी र वडा कार्यालयसम्म आउन जानका लागि थप सहजता हुने वडा सचिव तथा स्वास्थ्य चौकी प्रमुख लब थापाले जानकारी दिए । आर्थिक वर्ष २०७९/०७९ बाट निर्माण थालिएको पुल चालु आर्थिक वर्षमा सम्पन्न हुँदैछ । निर्माण समझौता अनुसार पुल निर्माणमा ढिलाई भएको स्थानीयहरु बताउँछन् ।

पुलले पुरान खानी, भन्ज्याङ दामगाडेलगायतको क्षेत्रमा रहेका गाउँ तथा बाहुनगाउँ, धाप, भोर्ले, लामाचौर, आग्राडाँडा, भन्ज्याङ, छापलगायतका गाउँलाई जोड्ने सचिव थापाले बताए । पुल निर्माण भएपछि आम नागरिकहरुलाई प्रशासनिक सेवा लिन वडा कार्यालय र स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी पुग्न सहज हुने उनको भनाइ छ । साथै पुलका कारण किसानहरुलाई समेत सहयोग पुगेको बताइन्छ । वर्षातका बेला निकै समस्या झेल्दै आएका स्थानीयबासीलाई पुल निर्माणले ठूलो सहयोग हुने स्थानीयहरु बताउँछन् ।

हेर्नुहोस फोटो फिचरः

गणेश विष्ट
थप जानकारी