मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को शुरुवातको साउन महिनामै १५ लाख ९० हजार २ सय ९६ रुपियाँ १७ पैसा राजश्व संकलन गरेको छ । पालिकाले सार्वजनिक गरेको राजश्व संकलन सम्बन्धी विवरणमा संकलित राजश्वको विवरण उल्लेख गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर १ बाट ८७ हजार ८ सय २१ रुपियाँ, २ नम्बर वडाबाट १७ लाख ६ सय ५ रुपियाँ, ३ नम्बर वडाबाट १ लाख ९५ हजार ३२३ रुपियाँ ६४ पैसा, ५ नम्बर वडाबाट ८९ हजार ७ सय ८९ रुपियाँ राजश्व संकलन भएको पालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ६ बाट ९० हजार ७ सय ४७ रुपियाँ, ७ नम्बर वडाबाट २ लाख ५ हजार ६ सय ९० रुपियाँ, ८ नम्बर वडाबाट १ लाख १७ हजार ९ सय ७७ रुपियाँ, ७३ पैसा, ९ नम्बर वडाबाट १ लाख ९५ हजार १३ रुपियाँ राजश्व संकलन भएको छ भने गाउँपालिकाको कार्यालयबाट ५ लाख ३५ हजार ६ सय ६ रुपियाँ ७२ पैसा राजश्व संकलन भएको पालिकाले जनाएको छ । मनहरी गाउँपालिकाले कर तथा गैर कर संकलन गर्न पाउने अधिकार क्षेत्रमा रहेर राजश्व संकलन गरेको हो । पालिकाले आर्थिक ऐन, २०८० मा व्यवस्था भएका शीर्षकहरु कडाइकासाथ राजश्व संकलन आएको छ ।

पालिका प्रेस
थप जानकारी