मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सहकारी एकीकृरण (मर्ज) गर्नका लागि सूचना जारी गरेको छ । उपमहानगरपालिकाले सहकारी ऐन, २०७४ परिच्छेद १४ दफा ६५ मा व्यवस्था भए बमोजिम सहकारी मर्जका लागि ३ भाद्रमा सूचना जारी गरेको हो ।

यो सूचना हेटौंडा उपमहानगर क्षेत्रलाई कार्य क्षेत्र बनाइ संचालनमा रहेका सहकारीहरुलाई लागू हुनेछ । सहकारी अनुगमन गर्दा सहकारी मर्जको आवश्यकता देखिएकोले समान प्रकृतिका इच्छुक सहकारीहरु मर्ज गर्नका लागि सूचना मार्फत आव्हान गरिएको उपनिर्देशक राजेश्वरी शाहीले जानकारी दिए । सहकारी मर्जको विषयमा थप बुझन परेका पालिकामा सम्पर्क गर्न सुचनामै अनुरोध गरिएको छ ।

पालिका प्रेस
थप जानकारी