मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही चौरको सौन्दर्यीकरण थालिएको छ । उत्तरी मकवानपुरकै प्रसिद्ध मन्दिर बज्रवाराही मन्दिरसँगै रहेको चौरमा चाइनिज दुबो लगाइएको छ ।

थाहा नगरपालिका वडा नम्बर ६ को कार्यालयले आठ हजार वर्गफिट क्षेत्रफलमा चाइनिज दुबो लगाइएको हो । दुबो खरिद गरी स्थानीयको जनश्रमदानमा दुबो लगाइएको बताउँदै वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले चौरको आधा भागमा प्राकृतिक रैथाने दुबो रहेकाले त्यसलाई नै फैलने वातावरण निर्माण गरिने जानकारी दिए । दुबो लगाउन मात्र तीन लाख खर्च हुने देखिएको छ र तीन लाख रुपियाँ चौरको संरक्षण गर्न लागेको बताइएको छ ।

चौरमा अशोकलगायतका फूलका बिरुवा लगाएर चौरको सौन्दर्यीकरण गर्ने योजना रहेको उनले जानकारी दिए । बज्रवाराही मन्दिरमा हरेक तीन वर्षमा लाग्ने जात्रा भर्न आएकाहरू सोही चौरमा नै जम्मा भएर भजनकीर्तन र शुभकामना आदानप्रदान गर्छन् ।

पालिका प्रेस
थप जानकारी