थाहा नगरपालिका वडा नम्बर १२ का कार्यवहाक वडाध्यक्ष युवराज जिम्बा र भौतिक पुर्वाधार यातायात मन्त्री प्रकाश ज्वालाबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक विकास निर्माणको विषयमा छलफल भएको छ ।

धादिङ जिल्लासंग सीमाना जोडिएको १२ नम्बर वडामा आर्थिक वर्ष २०८०/८१ मा लिति, दोभान, तारुका झुलुङ्गे पुल र जगडाडा, डाँडीघाट झुलुङ्गे पुलको अध्यन गरी निर्माण सुरु गर्नका लागि भेटमा जिम्बाले मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका थिए । उनले जनतासंग प्रत्येक्ष सरोकार राख्ने विकास निर्माणको काममा आफू सँधै अघि बढ्ने बताउँदै मन्त्री ज्वालाले सहयोग हुने प्रतिवद्धता जनाए ।

थाहा आफैमा पर्यटकीय नगर भएकोले यहाँको पर्यटकीय पुर्वाधारको विकासमा सहयोग गर्ने मन्त्री ज्वालाको प्रतिवद्धता छ । उनले भने–‘पालिकाको पर्यटक प्रवद्र्धन र कृषिमा के गर्न सकिन्छ प्रस्ताव ल्याउनुहोस् ।’ थाहा–१२ को झोलुङ्गे पुलको संभाव्यता अध्ययनसहित प्रक्रिया अघि बढाउन सम्बन्धीत शाखामा मन्त्री ज्वालाले निर्देशन दिएका छन् । थाहाको विकासलाई विशेष रुपले हेर्ने समेत मन्त्री ज्वालाले बताए । मन्त्री ज्वालले चित्लाङ–थानकोट सडकको विषयमा पनि चासो दिएका छन् । बजेटमा सम्बोधन हुनेगरी उक्त सडकको रिपोर्ट तयार गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

मन्त्री ज्वालाले थाहानगर पालिकाको भ्रमणमा आउने समेत चासो देखाए । सो अवसरमा कार्यबहाक वडा अध्यक्ष जिम्बाले टिष्टुङको मुलाबारी चौर, पोखरी चौर, नर्बे ढुङ्गालगायतको टिष्टुङको पर्यटकीय विकासमा सहयोग गर्न अनुरोध गरेका थिए । ‘प्रस्तावका विषयमा मन्त्री ज्यू सकारात्मक हुनु भएको छ’–कार्यबहाक वडाध्यक्ष जिम्बाले भने ।

पालिका प्रेस
थप जानकारी