चुनीया–नामटार–कालिकाटार सडक । फाइल फोटो

मकवानपुरको चुनीया–नामटार–कालिकाटार सडक आयोजना ५ करोड लागतमा निर्माण गरिदै छ । चालु आर्थिक वर्षमा यो सडक आयोजना निर्माण गर्न लागिएको हो । वर्षायाम लागेपछी जताततै समस्या भोग्दै आएका मकवानपुरको कैलाश गाउँपालिकाका नागरिकलाई सहज बनाउनका लागि यो आयोजना निर्माण गर्न लागिएको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय चितवनले यो सडक निर्माण गर्न लागिएको हो । चुनीया देखि कालिकाटार सम्म हिउँदयाममा राम्रोसंग कच्चि बाटोबाट सञ्चालन भइरहे पनि बर्षा याममा बाढी र पहिरोका कारण यहाँका नागरिकले सास्ती बेहोर्नु परेको छ ।

५ करोड रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी