हेटौंडा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार क्षेत्रको बाइपास सडक शूल्क उठाउन ठेक्का लागेको छ । हेटौंडा उपमहानगरपालिकाले ई–बिडिङमार्फत काठमाडौंको सुव्रिपा ट्रेडिङ कम्पनि प्रालिको प्रस्तावलाई स्वीकृत गरी सम्झौता गरेको छ । सुदिपाले ४ करोड २८ लाख ८९ हजार रुपैयाँ सडक शुल्क उठाउने सम्झौता गरेको छ ।

प्रयोग गर्न बाध्य बनाउँदै सवारी साधनलाई कर असुली गरेको भन्दै विवादित समेत बनेको बाइपास सडक कर हेटौंडा उपमहानगरको प्रमुख आयस्रोतको रुपमा रहेको छ। चालु आर्थिक वर्षको ४८ दिन भने उपहानगरपालिकाले आफैँ सडक कर संकलन गरेको थियो । ४८ दिनमा उपमहानगरले ९० लाख रुपैयाँ कर संकलन गरेको छ । चालु आर्थिक वर्षमा उपमहानगरले बाइपास सडक करमा झण्डै दोब्बर वृद्धि गरेको छ ।

विदेशी टेलर अहरी १० चक्के वा सो भन्दा बढीको कर पाँच सय रुपैयाँबाट बडाएर एक हजार रुपैयाँ बनाइएको छ । विदेशी बस, ट्रक १० चक्के भन्दा कम चक्केसम्मका लागि तीन सय रुपैयाँबाट बडाएर छ सय रुपैयाँ बनाइएको छ । विदेशी मिनी बस, ट्रकका लागि एक सम ५० रुपैयाँबाट बढाएर तीन सय रुपैयाँ बनाइएको छ । विदेशी जीप, कारलाई एक सय रुपैयाँबाट बढाएर दुई सय रुपैयाँ बनाइएको छ। यस्तै स्वदेशी बस, ट्रक, मिनिबस तथा मार्गोोबसहरुका लागि २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाउएको छ ।

सुदिपा ट्रेडिङले अग्रिम भुक्तानीस्वरुप सम्झौता रकमको २५ प्रतिशत हुन आउने एक करोड ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। बाँकी रकम तीन किस्तामा असोज मसान्त पुस मसान्त र जेठ मसान्तमा भुक्तानी गर्ने सम्झौता भएको हेटौंडा उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । यसअघि गत आर्थिक वर्षको ९ महिनामा मित्र निर्माण सेवाले एक करोड ३२ लाख ७७ हजार रुपैयाँमा सडक कर उठाउन सम्झौता गरेको थियो ।

पालिका प्रेस
थप जानकारी