कञ्चनपुरको पुर्नवास नगरपालिकाको वडा नम्बर ९ले वडा राजपत्र प्रकाशन गरेका छन् । ९ नम्बर वडा अध्यक्ष छनरबहादुर विकले आफ्नो वडामा मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि नियम बनाएर वडा राजपत्रमा प्रकाशन गरेका छन् ।

यो राजपत्र यतिवेला पुर्नवासमा मात्र नभइ जिल्ला भर चर्चाको विषय बनेको छ । २४ भदौमा उनले आफ्नै हस्ताक्षर र छाप प्रयोग गरेर स्थानीय राजपत्र प्रकाशन गरे । उनले यसलाई स्थानीय वडा राजपत्र भनेका छन् । स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन् ।

खण्ड १ र संख्या १ उल्लेख भएको राजपत्र प्रकाशन भएपनि यसको कानुनी बैधता भने छैन ।

वडाअध्यक्षले राम्रो काम गर्न खोजेपनि प्रक्रिया नजान्दा गल्ती भएको बताउँछन् पुर्नवास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा ।  वडापालिकाको जिज्ञसामा उनले भने, ‘उहाँ राम्रो काम गर्न खोज्ने मान्छे हो । वडाले कानुन बनाउन पाउँदैन, नियम बनाउने अधिकार छ तर यस्तो नियम राजपत्रमा प्रकाशन गर्न पर्दैन र राजपत्रमा प्रकाशन गर्ने अधिकार वडाअध्यक्षलाई हुँदैन भन्ने उहाँलाई थाहा नभएर गल्ती भएको हो ।’ यस विषयमा वुझ्न वडाध्यक्ष सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । मेयर भने उनी वडा कार्यालयमै रहेको बताउँछन् । उनको वडाका एकजना वडा सदस्यले भने यस विषयमा वडाध्यक्षलाई नै सोध्नुपर्ने जवाफ दिएका छन् ।

हेर्नुहोस् वडा राजपत्र 

rajpatra1694596165.jpg

पालिका प्रेस
थप जानकारी