थाहा नगरपालिका वडा नम्बर ३ स्थित प्यान्टे डाँडा, बिष्णु ढुंगा, झाक्री खोरिया तथा कर्मीखोरियाका जनताले बल्ल बिजुली बत्ती बाल्न पाएका छन् । मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको पहलमा बिजुली बलेको हो ।
उक्त क्षेत्रमा विद्युत विस्तारको लागि ३० वर्ष अघि नै पहल थालिएको भएपनि पुरा हुन नसकेको स्थानीय लक्ष्मण बर्तौलाले जानकारी दिए । । पटकपटक पहल कदमी गर्दा पनि कहीँ कतैबाट बिद्युत बिस्तार कार्य हुन नसकेको उक्त स्थानमा बर्तौलाको पहल तथा स्थानीय सरोकारवालहरूको जनश्रमदानबाट बत्ती बल्न सफल भएको उनले सुनाए । ‘जनतासँग गुनासो ’ एक अभियानको नेतृत्व गर्दै थाहानगर आइपुगेका माननीय महेश कुमार बर्तौलासँग स्थानीय पीडितहरूले दुई साता पहिले आफ्नो व्यथा पोखेका थिए ।
समयमा आफू सो काममा लाग्ने र सकेको पहल गर्ने जनाएका सांसद बर्तौलाको प्रत्यक्ष निगरानीमा उक्त काम सम्पन्न भएको थियो । नगरपालिको कार्यालय रहेकै वडाभित्र पनि टुकीको साहारामा बस्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीय जनताले घरमा बिजुली बलेपछि खुशी व्यक्त गरेका छन् ।
गत बर्ष विद्युत प्राधिकरण पालुङ शाखाले लाइन बिस्तार गर्ने भनेर योजना सार्वजनिक गरे तापनि हालसम्म उक्त काम अघि नबढे पश्चात् नेकपा एमालेका सचेतक तथा प्रतिनिधि सभाका सदस्य महेश बर्तौला र स्थानीय जनताको संयुक्त पहलमा उक्त काम सम्पन्न भएको हो ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्