हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० बसपार्कमा घण्टाघर निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा घण्टाघर निर्माण गर्न लागिएको हो ।

हेटौंडा–१० नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षबाट घण्टाघर निर्माण गर्न लागेको वडा अध्यक्ष फुर्बा दोर्जे लामाले बताए । हेटौंडाको बसपार्कमा पारिजात संगै रहने र यसको पनि व्यावस्थापन गरेर घण्टाघर निर्माण गर्न लागिएको हो । हेटौंडामा घण्टाघर मात्र होइन सूचना केन्द्र पनि निर्माण गरिने बताउँदै अध्यक्ष लामाले भने–‘घण्टाघर भित्र छिरेपछी सूचना केन्द्र निर्माण हुन्छ जहाँ हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको सबै पर्यटकिय क्षेत्रको सूचना एकै स्थानबाट दिने तयारी छ । यसबाट धेरैले पर्यटकिय क्षेत्रको सूचना लिने छन् । र ती स्थानमा जानका लागि पर्यटकलाई सहज हुने बनाउने छौं ।’

बहुवर्षिय योजना अन्तरगत चालु आर्थिक वर्षमा काम सुरु गरिने र डिपिआर भने तयार भइसकेको उनले बताए ।

पालिका प्रेस
थप जानकारी