मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको भेलाले पालिकास्तरीय कर्मचारी हकहित समिति गठन गरिएको छ । ९ असोजमा भएको भेलाले योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ।

समितिको सचिवमा मञ्जरी बलामी, कोषाध्यक्षमा मिलन न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मन्नुनाथ अधिकारी, शुभद्रा ओझा, वसन्त केसी, बिमल मोक्तान, ज्ञानेन्द्र नेपाल र रुद्रप्रसाद न्यौपाने रहेका छन् । समितिले जिल्ला तथा केन्द्रिय प्रतिनीधि रसल्लाहकार समेत चयन गरेको छ ।

समितिको जिल्ला प्रतिनीधि संयोजकमा ध्रुव कुमार अधिकारी र सदस्यमा रुद्र प्रसाद न्यौपाने चयन गरेको छ भने केन्द्रिय प्रतिनीधि संयोजकमा ज्ञानेन्द्र नेपाल र र सदस्य शुभद्रा ओझालाई चयन गरेको छ । समितिको सल्लाहकारमा धर्मानन्द पन्त र सुरेश प्रसाद कोइरालालाई चयन गरेको संयोजक दीपक चापागाईले जानकारी दिए ।