ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङलाई गैरआवासीय भारतीयहरुको संस्था एनआरआइ वेलफेरयर सोसाइटी अफ इन्डियाले ‘नेल्सन मण्डेला लिडरसीप अवार्डद्धारा सम्मानित गरेको छ । सो संस्थाले वुधवार लण्डनमा आयोजित ग्लोवल पीस समिटमा लामालाई सो अवार्ड प्रदान गरेको हो ।

एनआरआई वेलफेयर अफ इन्डियाले गरेको सर्वेक्षणका आधारमा नेपालबाट अध्यक्ष तामाङ अवार्डका लागि छनोट भएका हुन् । विश्वभर छरिएर रहेका गैर भारतीयहरुको हित प्रर्वद्धन गर्न गठन भएको यो सोसाइटीले शिक्षा, नवप्रर्वद्धन,सामाजिक क्षेत्रलगायतमा उल्लेख्य योगदान गरेको विभिन्न देशका नागकिरलाई सम्मान गर्ने गर्दछ । नेल्सन मण्डेलाको सम्मानमा राखिएको यो अवार्ड पाउने तामाङ पहिलो नेपाली नागरिक हुन् ।

एनआरआई वेलफेयर सोसाइटीले गैरआवासीय भारतीयहरूको लागि निगरानीको रूपमा काम गर्ने गर्छ भने उनीहरुको न्यायका लागि लड्ने गर्छ । यो संस्थाले मण्डेलाका अतिरिक्त विभन्न प्रतिष्ठित व्यक्तिका नाममा अन्तराष्ट्रिय अवार्डहरु प्रदान गर्दै आएको छ ।  अवार्डबाट सम्मानित लामा गाउँपलिका अध्यक्षका साथै विभिन्न व्यवसायमा संलग्न छन् । पालिका अध्यक्ष भएपछि उनले आफ्नो सवै पालिकाबाट प्राप्त हुने सवै सेवा सुविधा सामुदायिक शिक्षा मा खर्च गर्दै आएका छन् ।

पालिका प्रेस
थप जानकारी