मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको कुन्छाल कुलेखानी सडक स्तरोन्नती कार्यले तिब्रता पाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको आर्थिक सहयोगमा सडक स्तरोन्नती थालिएको हो । थाहा नगरपालिका वडा नम्बर १ र ६ क्षेत्रमा पर्ने उक्त सडक स्तरोन्नतीका लागि सिंह एण्ड ब्रदर्श कन्सट्रक्शन प्रा.लि. काठमाण्डौले ठेक्का पारेको हो ।

निर्माण कम्पनीले २०७९ फागुन २१ गते सडक निर्माणको सम्झौता गरेको थियो । २९ करोड ५४ लाख ९१ हजार १६५ रुपियाँ लागत रहेको उक्त सडक २०८१ भदौ २० गते सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । सम्झौतामा सडक पर्खाल, फराकिलो पार्ने कटिङ, नाला तथा पिचसम्मको काम गर्नुपर्ने उल्लेख छ ।

सडकलाई समयमै र गुणस्तरीय निर्माण गराउन बज्रवाराहीमा स्थानीय राजनीतिक दल र सरोकारवालाहरु सक्रिय रुपमा लागि परेका छन् । सडक अनुगमनका लागि ईन्द्र बहादुर श्रेष्ठको संयोजकत्वमा समिति नै निर्माण गरिएको छ । ‘अनुगमन समिति आफैले पनि अनुगमन गरिरहेको छ, साथै नगरपालिकाबाट प्राविधिक कर्मचारी समेत उपलब्ध गराई कामको गुणस्तर अनुगमन गर्न नगरलाई अनुरोध गरेका छौं’–संयोजक श्रेष्ठले भने ।

थोप्ले डाँडादेखि बासको झ्याङसम्म १० मिटर, बासको झ्याङदेखि दुप्चे बजार पुलसम्म १४ मिटर र दुप्चे पुलदेखी बाँकी भाग १० मिटर सडक स्तरोन्नति गर्ने अनुगमन समितिले जनाएको छ ।

हेर्नुहोस् फोटोहरुः

पालिका प्रेस
थप जानकारी