संयोजक: दिपक गौतम

देशभरका स्थानीय तह (पालिकाहरु) मा कार्यरत कर्मचारीहरु संगठीत भएका छन् । हालै मन्त्री परिषदले पारित गरी सदनमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै आएका स्थानीय तहका कर्मचारीहरुको काठमाडौंमा भएको भेलाले नयाँ कार्यसमिति चयन गर्दै उनीहरु संगठीत भएका हुन ।

१३ असोजमा काठमाण्डौमा भएको भेलाले दिपक गौतमको संयोजकत्वमा १ सय ६७ सदस्यीय स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन गरेको हो । भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन गर्दै संयोजकसहित सातै प्रदेशको लागि १५ सदस्यीय संयोजक समेत चयन गरेको छ । महिला तर्फ सहसंयोजक कुमारी उषा बम र सहसंयोजक (पुरुष) ईश्वर बहादुर सिंह चयन भएका छन् ।

यस्तै महासचिवको जिम्मेवारी विजय कुमार देवकोटालाई दिइएको छ । एक सहसंयोजक, कोषाध्यक्ष र सचिव पछि तोकिने भएको छ । केन्द्रीय सचिवतर्फ प्रदेशका कमाण्डरहरुमा कोशीबाट नेत्र प्रसाद पोखरेल,मधेश प्रदेशबाट लेखराज सिंह, बाग्मतीबाट चन्द्रप्रसाद रोकाया, गण्डकी प्रदेश संयोजकमा अमित कुमार यादवलाई जिम्मेवारी तोकिएको छ । तेजराज अर्याल लुम्बिनी, कर्णाली प्रदेश संयोजक इन्द्र प्रसाद अधिकारी र महेशदत्त भट्टलाई सुदुरपश्चिम संयोजक तोकिएको छ ।

स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेरहद र सेवा अबधि गणना, अस्थायी र करार कर्मचारीको व्यवस्थापन, सेवा सुरक्षाको सुनिश्चितता लगायतका मुद्दालाई भेलाले आफ्नो आन्दोलनको बटम लाइन बनाएर यी मागहरु संघीय निजामती सेवा ऐनमा समेटिनुपर्ने माग सहित संघर्षरत स्थानीय तहका कर्मचारीहरुले १४ असोजमा माइतीघर मण्डलामा भेला भएर शान्तिपूर्ण आन्दोलन गर्ने कार्यतालिका तय भएको संयोजक दीपक गौतमले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी